इरानलाई ट्रम्पको ‘नि:सर्त आत्मसमर्पण’को चेतावनीको असर : कच्चा तेलको मूल्य बढ्यो

बिजमाण्डू
२०८२ असार ४ गते ०९:३७ | Jun 18, 2025
इरानलाई ट्रम्पको ‘नि:सर्त आत्मसमर्पण’को चेतावनीको असर : कच्चा तेलको मूल्य बढ्यो
Photo : Reuters

इजरायल र इरानबीच युद्ध बढ्दै जाँदा कच्चा तेलको मूल्यमा फेरि वृद्धि भएको छ।

Tata
GBIME

मंगलबार ब्रेन्ट नर्थ सी क्रुड र वेस्ट टेक्सस इन्टरमिडियटमा कच्चा तेलको मूल्य क्रमश: ४.४ प्रतिशत र ४.३ प्रतिशतले बढेको हो। कच्चा तेलबारे यी दुवै विश्वको पपुलर बेन्चमार्क हुन्।

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नि:सर्त आत्मसमर्पण गर्न भनेपछि कच्चा तेलको मूल्य बढेको हो।

ब्रेन्ट नर्थ सी क्रुडको बेन्चमार्क ७६.४६ डलर प्रति ब्यारल पुगेको छ। यस्तै, वेस्ट टेक्सस इन्टरमिडियटको मूल्य ७४.८४ डलर प्रति ब्यारल पुगेको छ।

दुवै बेन्चमार्कमा बुधबार बिहानको कारोबारमा पनि तेलको मूल्य बढेको अलजजिराले उल्लेख गरेको छ। बिहान दुवै बेन्चमार्कमा कच्चा तेलको मूल्य थप ०.५ प्रतिशतले बढेको हो। आज तेलको मूल्यमा थप वृद्धि हुने अनुमान छ।

इजरायलले इरानको कयौं तेल र ग्यास उत्पादन केन्द्रमा आक्रमण गरेको छ। जसकारण आउने दिनमा विश्वभर ग्यास र तेलको आपूर्तिमा समस्या देखिने अनुमान गरिएको छ।