निलो रिबन लगाएर वेलमा रास्वपा सांसदको प्रदर्शन, निष्कासन गर्न कांग्रेसको माग

बिजमाण्डू
२०८२ असार ३ गते १५:०१ | Jun 17, 2025
निलो रिबन लगाएर वेलमा रास्वपा सांसदको प्रदर्शन, निष्कासन गर्न कांग्रेसको माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसद बैठकमा निलो रिबन लगाएर प्रदर्शन गरेको छ।

Tata
GBIME

आज संसद बैठकमा मा सबै सांसदहरुले निलो रिबन भिरेर सांकेतिक विरोध गरेका हुन्। मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रुपमा निलो रिबनले प्रतिनिधित्व गर्छ।

बैठकमै रिबन लगाएर प्रदर्शनमा उत्रिएपछि कांग्रेस सचेतक श्याम घिमिरेले उनीहरुलाई निष्कासन गर्न माग गरेका छन्। रास्वपा सांसदहरुले निलो रिबन लगाएर मर्यादित पोसाक नलगाएको भन्दै उनले नियमापत्ति गरेका हुन्।

रास्वपा सांसदहरुको नाराबाजीबीच बैठक आधा घण्टालाई स्थगित भएको छ।

सबै तस्विर : प्रविण रानाभाट