
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवन क्षेत्रमा निलो रिबन लगाएर प्रदर्शन गरेको छ।
आज संसद भवनमा सबै सांसदहरुले निलो रिबन भिरेर सांकेतिक विरोध गरेका हुन्। मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रुपमा निलो रिबनले प्रतिनिधित्व गर्छ।
त्यसकैले आज रास्वपाका सबै सांसदहरूले निलो रिबन लगाएर मानव तस्करीको विरुद्ध सांकेतिक प्रदर्शन गरेको दलका उपनेता विराजभक्त श्रेष्ठले बताए।