राप्रपाका सांसदले आइतबारको प्रतिनिधि सभा बैठकको भत्ता नलिने, ज्ञानेन्द्र शाहीले लेखे पत्र

बिजमाण्डू
२०८२ असार २ गते ११:३२ | Jun 16, 2025
राप्रपाका सांसदले आइतबारको प्रतिनिधि सभा बैठकको भत्ता नलिने, ज्ञानेन्द्र शाहीले लेखे पत्र

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले असार १ गतेको प्रतिनिधि सभाको बैठकको भत्ता नलिने भएका छन्। राप्रपाको संसदीय दलले बैठक भत्ता नलिने निर्णय गरेको हो।

Tata
GBIME

राप्रपाले आइतबारको बैठक बहिष्कार गरेको थियो। विपक्षी दलको अवरोधको अवस्थामा बैठक चलाउनु दादागिरी भएको भन्दै राप्रपाका सांसदले बैठक बहिष्कार गरेका थिए।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर आफूहरुले पाउने बैठक भत्ता राजस्वमा जम्मा गर्न आग्रह गरेका छन्। उनले बैठक बहिष्कार गरेको दिनको भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपले उचित नहुने ठहर गरेको पत्रमा उल्लेख गरेका छन्।

हरेक सांसदले तलबबाहेक प्रतिनिधि सभाको बैठक बसेका दिन यातायात खर्चबापत एक हजार र बैठक भत्ताबापत एक हजार रुपैयाँ पाउने गरेका छन्।