कानुन सचिवमा ढुंगानाको सरुवा सिफारिस, न्याय र सरकारी वकिलका दश सहसचिवको सरुवा

बिजमाण्डू
२०८२ असार १ गते २२:२५ | Jun 15, 2025
कानुन सचिवमा ढुंगानाको सरुवा सिफारिस, न्याय र सरकारी वकिलका दश सहसचिवको सरुवा

काठमाडौं। न्याय सेवा आयोगले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पाराश्वर ढुंगानालाई सरुवा सिफारिस गरेको छ। आयोगको सिफारिस अनुसार मन्त्रिपरिषदले ढुंगानाको सरुवासम्बन्धी निर्णय गर्नेछ।

Tata
GBIME

सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत ढुंगानालाई मन्त्रालयमा सरुवा सिफारिस भएको हो।

कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले अवकाश पाएसँगै ढुंगानालाई मन्त्रालय ल्याउन सिफारिस भएको हो।
यस्तै, आयोगले न्याय र सरकारी वकिल समूहका दश जना सहसचिवको यसअघिको काज समर्थनसहित सरुवा गरेको छ। नयाँ र यसअघिको सरुवा समर्थन भएको हो।

आयोगका अनुसार न्याय सेवाका सहसचिवहरु सूर्यवंश शर्मा कँडेल (जनकपुर), यमप्रसाद बास्कोटा (तुलसीपुर) र अमित उप्रेतीको बुटवल सरुवा भएको छ।

यस्तै सरकारी वकिल समूहका ईश्वरीप्रसाद भट्टराई र सन्देश श्रेष्ठको महान्यायाधिवक्ताको सरुवा भएको छ। यस्तै, यदुनाथ शर्मा (नेपालगञ्ज), कोषहरि निरौला (बागलुङ), अशोकराज रेग्मी (हेटौँडा), रामहरि शर्मा काफ्ले (काठमाडौं) र विवेक बरालको उच्च् सरकारी वकिल कार्यालय बागलुङमा सरुवा भएको छ।

आयोगले न्याय र सरकारी वकिल समूहका उपसचिव र शाखा अधिकृतहरुको पनि काज र सरुवा समर्थनको निर्णय गरेको छ।