नेको इन्स्योरेन्सको ५० लाख ३० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत, चुक्ता पुँजी २.५९ अर्ब



बिजमाण्डू
२०८२ जेठ २९ गते १६:५२ | Jun 12, 2025
नेको इन्स्योरेन्सको ५० लाख ३० हजार कित्ता हकप्रद सेयर  नेप्सेमा सूचीकृत, चुक्ता पुँजी २.५९ अर्ब

काठमाडौं। नेको इन्स्योरन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। बिहीबार इन्स्योरेन्सको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर थपिएको हो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा इन्स्योरेन्सलाई एक वर्षभित्र चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएकामा कम्पनीले हकप्रद सेयर निष्कासन गरेर कायम गरेको हो।

प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।