म्युचुअल फण्डमा सेयर लगानीकर्ताले पैसा हाल्न छोडे, ७० प्रतिशतको न्याभ ओरालो

सुनिल कुँवर
२०८२ जेठ ३० गते १८:२४ | Jun 13, 2025
म्युचुअल फण्डमा सेयर लगानीकर्ताले पैसा हाल्न छोडे, ७० प्रतिशतको न्याभ ओरालो

काठमाडौं। सेयर बजारमा सामूहिक लगानी कोष(म्युचुअल फण्ड)को कारोबार सुस्ताएको छ। सार्वजनिक निष्कासनपछि नेप्सेमा सूचीकृत भएर कारोबारमा आएका म्युचुअल फण्ड लगानीकर्ताको रोजाइमा पर्न छोडेका छन्।

Tata
GBIME

अधिकांश म्युचुअल फण्डको सम्पत्तिको मूल्य (नेट भ्यालु एसेट)मा गिरावट आएको छ। नेप्सेमा ३७ वटा बन्दमुखी म्युचुअल फण्ड सूचीकृत रहेकामा २६ वटाको न्याभ १० रुपैयाँभन्दा कम छ।

म्युचुअल फण्ड निष्कासन तथा बिक्री प्रबन्धकहरु लगानीका उपकरण धेरै भएका कारण लगानीकर्ताले किनबेचमा चासो दिन छोडेको बताउँछन।

‘म्युचुअल फण्डमै पनि ओपन इन्डेड योजना आउनेक्रम बढ्दो छ। लामो अवधिका लागि लगानी गर्नेहरु त्यतातिर गइरहेको देखिन्छ। क्लोज इन्डेडमा लगानी गरेकाहरुले लाभांशका लागि होल्ड गरेर राखेका छन्,’ एक मर्चेन्ट बैंकका सीइओले भने, ‘बजारमा लगानी विविधिकरण छ। सूचीकृत कम्पनीको सेयर, ऋणपत्र लगायत उपकरण छन्। लगानी गर्न खजिरहेकाहरु त्यतातिर गए।’

म्युचुअल फण्डको इकाईको एक वर्षको उच्च र न्यून मूल्य

म्युचुअल फण्डउच्च(रुपैयाँ)न्यून(रुपैयाँ)बिहीबारको कारोबार मूल्य
प्रभु स्मार्ट फण्ड११.८७८.४८११.२२
हिमालयन ८०-२०११.४६८.५३११.०७
एनएमबि ५०१०.९१०.७६१०.९९
प्रभु सेलेक्ट फण्ड११.१८.६२१०.७५
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २१२.४७९.५२१०.५५
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड ११०.७९८.०६१०.५
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३१०.९६८.२८१०.३९
सनराइज फर्स्ट म्युचुअल फण्ड११.९९९.२२१०.२३
सानिमा ग्रोथ फण्ड१०.९३८.६१०.१९
नबिल ब्यालेन्स्ड फण्ड २१०.६३८.११०.०४
सिद्धार्थ इक्विटी फण्ड१०.४९७.८१०
लक्ष्मी उन्नति कोष१०.४८.२९.९६
सानिमा लार्ज क्याप फण्ड१०.६७.८४९.९५
लक्ष्मी भ्यालु फण्ड २१०.४७.९८९.९१
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २१०.४८७.९५९.९
नबिल ब्यालेन्स्ड फण्ड ३१०.४५७.२५९.८१
कुमारी धनवृद्धि योजना११८.५१९.७५
आरबीबी म्युचुअल फण्ड ११०.१९७.८५९.७५
आरबीबी म्युचुअल फण्ड २१०.७३८.२३९.७
सनराइज फोकस्ड इक्विटी फण्ड१०.६६७.८६९.७
सनराइज ब्लुचिप फण्ड१०.०४७.७९.५७
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड१०.९२८.२९९.५
सिटिजन म्युचुअल फण्ड २१०.६८८.०९९.४३
गरिमा समृद्धि योजना१०८.८९.३१
कुमारी सबल योजना१०.९१७.७७९.२७
एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड१०.९९८.१३९.२५
मुक्तिनाथ म्युचुअल फण्ड ११०.४२८.६७९.१९
कुमारी इक्विटी फण्ड१०.७६७.९१९.१३
एनआईसी एसिया ब्यालेन्स्ड फण्ड१०.५८.३८९.१३
एनआईसी एसिया सेलेक्ट फण्ड ३०११.४५८.४९९.१
एमबिएल इक्विटी फण्ड१०.१९८.७३
एनआईसी एसिया ग्रोथ फण्ड २९.७९७.६६८.८७
मेगा म्युचुअल फण्ड १९.७२७.०५८.८७
एनआइबिएल ग्रोथ फण्ड१०.६४७.८४८.८
एनएमबि हाइब्रिड फण्ड एल-२१०८.१६८.५५
एनआईबिएल स्टेबल फण्ड१०.५५७.८५८.४१
एनआईबिएल समृद्धि फण्ड २९.६७.५३८.३७

सार्वजनिक निष्कासनभन्दा दोस्रो बजारमा ईकाइ मूल्य निकै सस्तो हुँदा समेत म्युचुअल फण्डमा लगानीकर्ताको चासो देखिंदैन।

अहिले एनआईबिएल समृद्धि फण्ड-२ को न्याभ सबैभन्दा न्यून ८.३७ रुपैयाँ छ। म्युचुअल फण्डले प्रति इकाई मूल्य १० रुपैयाँमा सार्वजनिक निष्कासन गर्दै आएका छन्।

प्रभु स्मार्ट फण्डको न्याभ सबैभन्दा धेरै ११.२२ रुपैयाँ छ। पछिल्लो समय म्युचुअल फण्डको न्याभ निरन्तर ओरालो लागिरहेको छ।

म्युचुअल फण्डले अहिले लगानीको उपकरण खोजिरहेको मर्चेन्ट बैंकरहरु बताउँछन्। बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर निरन्तर ओरालो लाग्दा सेयर बजारमा लगानी बढाएका मर्चेन्ट बैंकरलाई बजारबाट पनि धक्का लागेकाले आम्दानीमा गिरावट आएको छ।

म्युचुअल फण्डहरु अहिले लाभांशको दबाबमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङमा सीइओ मनिषनारायण जोशीले बताए।

‘बैंकको ब्याजदर घट्दा त्यसबाट हुने आम्दानी घटेको छ। बजारबाट पनि अपेक्षितरुपमा प्रतिफल प्राप्त हुन सकेको छैन,’ उनले भने, ‘न्याभको सम्बन्ध सिधै बजारको उतारचढावसँग हुन्छ। पछिल्लो समय सेयर बजार पनि घटेको छ। खासमा अहिले योजनाहरु सन्तुलित प्रतिफलको दबाबमा छन्।’