
काठमाडौं। सुनको मूल्य दुई दिनमा २ हजार ९ सय रुपैयाँ बढेको छ। बिहीबार पनि बढ्दा कारोबार मूल्य प्रति तोला १ लाख ९२ हजार ९ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको भन्दा तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो। मंगलबारका तुलनामा तोलामा १ हजार ३ सय रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ लाख ९१ हजार ३ सय रुपैयाँ भएको थियो। गत मंगलबार सुन तोलाको १ लाख ९० हजार रुपैयाँ थियो।
चाँदीको मूल्य भने घटेको छ। दुई दिनदेखि स्थिर चाँदी १५ रुपैयाँले घटेर बिहीबार प्रति तोला २ हजार १ सय ५० रुपैयाँ भएको छ। बुधबार प्रति तोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै प्रति औंस ३३६९.६४ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ३६.३३ डलर छ।बुधबार सुन प्रति औंस ३३४२.६४ डलर र चाँदी ३६.०६ डलर थियो।