
काठमाडौं । टाटा मोटर्सले ल्याउन लागेको ह्यारियर इभीको अफरोड फिचर सार्वजनिक भएको छ। कम्पनीले ह्यारियर इभीलाई अल ह्वील ड्राइभ पावरट्रेनमा पनि ल्याउने योजना बनाएको छ।
यो गाडी टाटाको पहिलो इभी हुनेछ जसमा अल ह्वील ड्राइभ पावरट्रेन प्रदान गरिएको छ। यसको सफारी स्ट्रोम ५ वर्ष अगाडि उत्पादन बन्द गरिएको थियो। जुन टाटाको अल ह्वील ड्राइभ पावरट्रेन भएको गाडी थियो।
ह्यारियर इभीमा दुईवटा मोटर पावर सेटअप गरिएको छ। यसले यसलाई ४ वटा पाङ्ग्रामा पावर प्रदान गर्न मद्दत गर्छ। यो गाडी यही जुन ३ मा सार्वजनिक गर्ने तयारी छ। यसमा भएको दुईवटा मोटरले ५०० एनएम टर्क उत्पादन गर्छ।
कम्पनीले सार्वजनिक गरेको भिडियोमा स्नो, स्यान्ड र डेडिकेटेड रक क्राउल अफरोड र डेडिकेटेड रोड मोड, इको र बुस्ट मोडहरु देख्न सकिन्छ।
यसमा प्रिसेट स्पिडको साथमा अफरोड क्रिप फङ्सन दिइएको छ। साथै ३६० डिग्री क्यामेरा सेटअप पनि उपलब्ध छ।
यसमा १२.३ इन्चको सेन्ट्रल टच स्क्रिन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएका छन्। जुन यस अघिको इन्धन इन्जिन भएको ह्यारियर जस्तै छ।
ह्यारियर इभीमा भएको ब्याट्रीले एक पटकको चार्जमा ५०० किलोमिटर रेन्ज दिन्छ। यो गाडी टाटा ब्रान्डको लागि फ्लागसिप इभी हुनेछ।