जीवन बीमाको पोलिसी नवीकरणमा इसेवाको नयाँ अफर, एकजनाले ५० हजार रुपैयाँ जित्ने

बिजमाण्डू
२०८२ जेठ १८ गते ११:१० | Jun 1, 2025
जीवन बीमाको पोलिसी नवीकरणमा इसेवाको नयाँ अफर, एकजनाले ५० हजार रुपैयाँ जित्ने

काठमाडौं। इसेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ। जीवन बीमाको महत्त्वलाई उजागर गर्दै सहज जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानीलाई जोड दिन अफर ल्याइएको कम्पनीले जनाएको छ।

Tata
GBIME

अफरअन्तर्गत इसेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एकजनाले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसका साथै १४ वटा जीवन बीमा कम्पनीका एक/एक जना पोलिसी होल्डर, एजेन्ट र शाखा कार्यालयलाई पनि विशेष उपहारको व्यवस्था गरिएको इसेवाले जानकारी दिएको छ। जेठ १५ देखि असार ३२ गतेसम्म चल्ने यस अफर अवधिभर इसेवामार्फत जीवन बीमा नवीकरण गर्ने सबै प्रयोगकर्ताहरू स्वतः यो पुरस्कारका लागि योग्य हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

‘इसेवाको अनलाइन बीमा नवीकरण सुविधाको माध्यमबाट प्रयोगकर्ताहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना नै, छोटो समयमा आफ्ना आवश्यकता अनुसार बीमा नवीकरण गर्न सक्नेछन्। यस अफरमार्फत जीवन बीमाको आवश्यकता मात्र नभएर डिजिटल माध्यमबाट भुक्तानीमा हुने सहजताको बारेमा पनि जनचेतना बढाउने इसेवाको प्रयास हो,’ विज्ञप्तिमा भनिएको छ।