टेलियासोनेराले भन्यो एनसेलको नयाँ सिइओ ओसमान तुरान, निर्णयबाट पासी असन्तुष्ट

बिजमाण्डू
२०६९ साउन २० गते ००:०० | Aug 4, 2012
टेलियासोनेराले भन्यो एनसेलको नयाँ सिइओ ओसमान तुरान, निर्णयबाट पासी असन्तुष्ट

काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्तीनीले सेप्टेम्वरदेखि नेपाल छाड्ने भएका छन् ।  आगामी महिना(सेप्टेम्वर)देखि लागू हुनेगरी पासी जर्जिया जान लागेको टेलिया सोनेरा युरोएशिया कार्यालयले शुक्रवार प्र्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

जाँदै पासी, आउँदै तुरान : एनसेलबाट पासी कोइस्तीनी अर्को महिना जर्जीया जाँदैछन् भने  समान तुरान नेपाल आउँदैछन्

Tata
GBIME
Nepal Life

टेलियासोनेराको टर्कीस्थित युरोएशिया कार्यालयले पासीसहित पाँच प्रमुखको सरुवा गरेको हो । पासीको स्थानमा जर्जियाबाट ओसमान तुरान नेपाल आउँदैछन् । युरोएयिशा कार्यालयका अनुसार अजरवैजानको अजरसेलमा कार्यारत अलि अगन उज्वेकिस्तानको युसेलमा जानेछन् । त्यसैगरी अगनको स्थान माल्डोभाको मोल्डसेलका प्रमुख चिरिल गब्रुचीले सम्हाल्नेछन् । माल्डोभामा व्यापार निर्देशक ब्रकिन सिनलाई बढुवा गरिएको छ ।
युसेलका प्रमुख कार्यकारी अधिकृत ओगुज मेमिगुभनको पोस्टिङ भने अहिलेम्म गरिएको छैन, उनलाई पछि जिम्मेवारी दिइने टेलियासोनेराको युरोएशिया कार्यालयले जानकारी दिएको छ । कम्पनीले प्रमुख कार्यकारीको फेरवदल टेलियासोनेराको एउटा प्रक्रिया भएको बताएको छ । यसले व्यापारको विकास, कम्पनीमा सुशासन र अनुभव आदानप्रदानले कम्पनीलाई बलियो बनाउने जानकारी पनि दिएको छ
युरोएशियामा प्रमुख कार्यकारीहरुको फरेबदल तीन–पाँच वर्षको अन्तरमा हुन्छ, र अहिले सरुवा भएका सबैले आफूलाई प्रमाणित गरेका छन्, टेलियासोनेरा युरोएशियाका अध्यक्ष तेरो काभिसारीले प्रेस नोटमा बताएका छन् । नयाँ दृष्टि, काम गर्ने फरक शैली र हाम्रा प्रमुख कार्यकारीलाई आफ्नो दृष्टिकोण फराकिलो बनाउने प्रयासले कम्पनीलाई अन्तराष्ट्रिय रुपमै फरक र विश्वसनीय बनाएको छ, काभिसारीले भनेका छन्
फिनल्याण्डका नागरिक पासी नेपालबाट सरुवा भएपछि भने कम्पनीसँग रुष्ट भएको स्रोतले जानकारी दियो । उनले अप्रत्यासित सरुवाको आशा पनि गरेका थिएनन् । नेपाल आउनुअघि पासी कम्बोडियामा थिए, कम्बोडियामा असफल भएका उनले नेपालमा भने एनसेललाई नम्वर १ कम्पनी बनाउन सफल भएका थिए । कम्पनीले ग्राहक आधारमा नेपाल टेलिकमलाई जितेर नम्वर १ बनेको थियो, यो वर्ष बस्न पाएको भए कारोवार र मुनाफाका आधारमा पनी टेलिकमलाई जितेर एनसेललाई नम्वर १ बनाउनसक्छु भन्ने विश्वास पनि उनमा थियो । तर लक्ष्य पुरा नहुँदै यस्तो बेला नेपाल छाड्नु परेपछि उनी असन्तुष्ट छन्, स्रोतले भन्यो ।