स्वास्थ्य बीमाको पुनर्संरचना गर्ने घोषणा, बीमितलाई पोलिसी छनोटको सुविधा दिइने



बिजमाण्डू
२०८२ जेठ १५ गते १६:३५ | May 29, 2025
स्वास्थ्य बीमाको पुनर्संरचना गर्ने घोषणा, बीमितलाई पोलिसी छनोटको सुविधा दिइने

काठमाडौं। सरकारले स्वास्थ्य बीमाको पुनर्संरचना गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत गर्दै बीमितहरुलाई फरक-फरक पोलिसी छनोटको सुविधा दिइने बताएका छन्।

Tata
GBIME
Nepal Life

‘स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिनेछ। यस सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिनेछ। बीमितहरुको सुविधा थैली वृद्धि गर्दै लगिनेछ,’ उनले भने, ‘सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ। बीमितहरुलाई फरकफरक पोलिसी छनोटको सुविधा दिइनेछ।’

बीमा सुविधा दुरुपयोग हुन नदिन दोहोरो सुविधा हटाइने पौडेलले बताए। स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोवजन गरिएको छ।