महालक्ष्मी विकास बैंक र ह्याम्स हस्पिटलबीच समझदारी, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

बिजमाण्डू
२०७६ असार २४ गते १७:१५ | Jul 9, 2019
महालक्ष्मी विकास बैंक र ह्याम्स हस्पिटलबीच समझदारी, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

Tata
GBIME

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग समझदारी गरेको छ। 

बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट पाउने छन्। 

साथै ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५ प्रतिशत सम्मको छुट उपलब्ध हुने छ। 

देशका ९६ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मीले  आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ।