नेपाल इन्स्योरेन्सलाई ६५ करोड ७६ लाखको हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

बिजमाण्डू
२०८२ जेठ ८ गते १०:३१ | May 22, 2025
नेपाल इन्स्योरेन्सलाई ६५ करोड ७६ लाखको हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

काठमाडौं। न‍ेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई बुधबार हकप्रद सेयर निष्कासन अनुमति दिएको हो।

Tata
GBIME

इन्स्योरेन्सले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको अहिले १ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पुँजी छ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा दरमा ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो।

इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ। प्राधिकरणले तोकेको पुँजी कायम गर्न इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न लागेको हो।