नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८.६४ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ९.६३ रुपैयाँ



बिजमाण्डू
२०८२ बैशाख २८ गते ११:५० | May 11, 2025
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८.६४ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ९.६३ रुपैयाँ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ९ महिनामा ६५ करोड २२ लाख रुपैया खुद नाफा कमाएको छ।इन्स्योरेन्सले चैतसम्म आर्जन गरेको मुनाफा पोहोर सोही अवधिको तुलनामा ८.६४ प्रतिशत धेरै हो।

Tata
GBIME
Nepal Life

कम्पनीले गत वर्ष चैतसम्म ६० करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो। इन्स्योरेन्सको व्यवसाय बढ्दा नाफामा सुधार आएको हो।

९ महिनामा खुद बीमा शुल्क ११.६१ प्रतिशत र लगानी तथा ब्याज आम्दानी १०.९१ प्रतिशतले वृद्धि भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको ९ महिनाको वित्तीय अवस्था (रु हजारमा)

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी९०२८७६३.२१८२०७९६६.५५१०
रिजर्भ१३२३१९६.६०१२६३७७७.६०४.७०
रिटर्न अर्निङ११८३८९१.५३१९२३२७६.३०-३८.४४
इन्स्योरेन्स फण्ड२२७०५९४५८.७४१९६७३४७८७.८३१५.४१
इन्भेष्टमेन्ट१८४५८७५०५.९११६४१५७७२१.५९१२.४५
खुद बीमा शुल्क३२५०७२०९.६६२९१२४९५३.५०११.६१
लगानी तथा ब्याज आम्दानी१२१२३८१७.४८१०९३१६९६.३९१०.९१
खुद दाबी भुक्तानी४१०९०७७०.७१३६०९७५८६.२७१३.८३
कमिसन खर्च२४११६१५.९९२१९२४५७.९९१०
खुद नाफा६५२२२३.७६६००३६७.५५८.६४
प्रति सेयर आम्दानी(रुपैयाँ)९.६३९.७५-१.२४
प्रति सेयर नेटवर्थ(रुपैयाँ)१३५.८११४८.०७-८.२८