गण्डकी प्रदेशका १० विद्यालयलाई एक वर्ष नेपाल टेलिकमको निःशुल्क इन्टरनेट

बिजमाण्डू
२०८२ बैशाख २३ गते १५:१९ | May 6, 2025
गण्डकी प्रदेशका १० विद्यालयलाई एक वर्ष नेपाल टेलिकमको निःशुल्क इन्टरनेट


गण्डकी। नेपाल टेलिकमले गण्डकी प्रदेशका १० वटा सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ। एक वर्षका लागि यो सेवा दिइएको टेलिकमको पोखरा कार्यालयले जनाएको छ।

Tata
GBIME
NLIC

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउनुका साथै दूरसञ्चार सेवामा पहुँच वृद्धि गर्ने लक्ष्यका साथ संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत ५० एमवीपीएसको एफटीटीएच इन्टरनेट सेवा उपलब्ध गराएको हो। पोखरा-१७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयलाई राउटर सहितको फोरजी इन्टरनेट प्याकेज हस्तान्तरण कार्यक्रममा मंगलबार टेलिकमको पोखरा कार्यालयका कार्यवाहक प्रमुख विकासराज तिमिल्सिनाले यो सहयोगले पठनपाठनमा सघाउने विश्वास व्यक्त गरे।

टेलिकमले सरस्वती मावि स्याङजा, वालमन्दिर मावि गोरखा, त्रिभुवन मावि सुन्दर बजार लमजुङ, रामशाह मावि आँवुखैरेनी तनहुँ र मुक्तिधाम वृद्धाश्रम शुक्लागण्डकी तनहुँ एवम् बागलुङमा तीन, नवलपुरमा दुई विद्यालयमा निःशुल्क सेवा उपलब्ध गराएको जानकारी उनले दिए।