ऋण असुली प्रभावित हुँदा इन्फिनिटी लघुवित्तको नाफा ६ लाखमा सीमित, खराब कर्जा १४.३५ प्रतिशत

बिजमाण्डू
२०८२ बैशाख २३ गते १२:२६ | May 6, 2025
ऋण असुली प्रभावित हुँदा इन्फिनिटी लघुवित्तको नाफा ६ लाखमा सीमित, खराब कर्जा १४.३५ प्रतिशत


काठमाडौं। इन्फिनिटी लघुवित्तको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म लघुवित्तको नाफा ९८.८४ प्रतिशत घटेको हो।

Tata
GBIME
NLIC

लघुवित्तको नाफा ६ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। पोहोर ९ महिनामा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

खुद ब्याज आम्दानी वृद्धि भए पनि खराब कर्जा बढेर नोक्सानी थपिँदा नाफा प्रभावित भएको हो।

लघुवित्तको खुद ब्याज आम्दानी २८.१९ प्रतिशत बढेको छ भने अन्य खुद फी तथा कमिसन आम्दानी १६.५५ प्रतिशत घटेको छ।

लघुवित्तको खराब कर्जा ४.९७ प्रतिशतबाट बढेर १४.३५ प्रतिशत पुगेको छ।

कम्पनीको प्रति सेयर आम्दानी १३.९४ रुपैयाँबाट १६ पैसामा झरेको छ। त्यसैगरी, प्रति सेयर नेटवर्थ १३७.७४ रुपैयाँ छ।