स्वरोजगार लघुवित्तको खुद नाफा ११८.९५ प्रतिशतले वृद्धि, ऋण असुलीमा सुधार

बिजमाण्डू
२०८२ बैशाख २३ गते ११:१८ | May 6, 2025
स्वरोजगार लघुवित्तको खुद नाफा ११८.९५ प्रतिशतले वृद्धि, ऋण असुलीमा सुधार


काठमाडौं। स्वरोजगारको लघुवित्तले खुद नाफा बढाएको छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा लघुवित्तले खुद नाफा ११८.९५  प्रतिशतले बढाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले चैत मसान्तसम्म १६ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर ९ महिनामा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो।

ऋण असुलीमा सुधार भइ ब्याज आम्दानी बढ्दा लघुवित्तको नाफा बढेको हो। लघुवित्तले कर्जा नोक्सानीबापत ३ करोड ७९ रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर ९ महिनामा लघुवित्तले ३ करोड ९९ लाख प्रोभिजनिङ गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ६६.७० प्रतिशतले बढेको छ। ९ महिनामा कम्पनीले ४३ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। पोहोर ९ महिनामा यस्तो आम्दानी २६ करोड ३१ लाख थियो।

लघुवित्तको खराब कर्जा ५.७२ प्रतिशतबाट ५.३९ प्रतिशतमा झरेको छ।

चैतसम्म लघुवित्तको वितरणयोग्य नाफा २० करोड ४१ लाख रुपैयाँ छ। लघुवित्तको प्रति सेयर आम्दानी ३०.९३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १७१.५३ रुपैयाँ छ।