लाइफ इन्स्योरेन्सले १५.३२% ले बढाए व्यवसाय, निर्जीवन बीमा कम्पनीको व्यापारमा गिरावट

बिजमाण्डू
२०८२ बैशाख २१ गते १८:५६ | May 4, 2025
लाइफ इन्स्योरेन्सले १५.३२% ले बढाए व्यवसाय, निर्जीवन बीमा कम्पनीको व्यापारमा गिरावट


काठमाडौं। लाइफ इन्स्योरेन्सको व्यवसाय वृद्धि हुँदा निर्जीवन बीमा कम्पनीको भने घटेको छ। चालु आर्थिक वर्ष ९ महिनामा जीवन बीमा कम्पनीले बीमा शुल्क १५.३५ प्रतिशतले वृद्धि गरेका छन्।

Tata
GBIME
NLIC

गत आर्थिक वर्ष चैतसम्म माइक्रो इन्स्योरेन्स सहित १७ वटा लाइफ इन्स्योरेन्सले १ खर्ब १० अर्ब १६ करोड रुपैयाँ प्रिमियम आर्जन गरेकामा यस वर्ष सोही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँ संकलन गरेका छन्।

लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क १५.५३ प्रतिशतले वृद्धि भएर २४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा लाइफ इन्स्योरेन्सले २१ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए।

सक्रिय बीमा लेखको संख्या १ करोड ४४ लाख पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार सबै जीवन कम्पनीले व्यवसाय बढाएका छन्।

जीवन बीमा कम्पनीको प्रिमियमको तुलनात्मक अवस्था

कम्पनी२०८१/८२ को नौ महिनाको प्रिमियम (रु लाखमा)२०८०/८१ को नौ महिनाको प्रिमियम (रु लाखमा)फरक %
राष्ट्रिय जीवन बीमा८१६३५.६०५४६९७.८६४९.२५
नेसन लाइफ१५६४११.६८१२८९९१.०३२१.२६
नेपाल लाइफ३३०१७८.३१२९४५३९.२९१२.१
लाइफ इन्स्योरेन्स कर्पोरेसन१४०३६३.६३१२८३१०.८७९.३९
मेट४४४४१.०१४१३३२.४०७.५२
एसियन६४६४३.५३५७८९५.३७११.६६
आइएमई३७७३१.१३३२९११.४९१४.६४
सन नेपाल३०८५४.८४२७८९२.९४१०.६२
रिलायबल नेपाल३६९१२.०५२९८२६.९४२३.७५
सिटिजन५०८७१.७१४२४४९.४७१९.८४
सूर्यज्योती७६५८०.०३६५२६६.०३१७.३४
सानिमा रिलायन्स४८४६५.९२४२७६९.४११३.३२
हिमालयन१२५९६९.८११२३३०५.५०२.१६
प्रभु महालक्ष्मी३६७५३.०५३०६३८.९६१९.९६
स्रोत : नेपाल बीमा प्राधिकरण

निर्जीवन बीमा कम्पनीको व्यवसाय भने २०.८६ प्रतिशतले ओरालो लागेको छ। कम्पनीको नयाँ व्यापारमा गिरावट आउँदा प्रिमियम घटेको हो।

चारवटा लघुसहित डेढ दर्जन निर्जीवन बीमा कम्पनीले यो आर्थिक वर्ष चैतसम्म ३२ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। कम्पनीहरुले पोहोर ९ महिनामा ४१ अर्ब ४६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

निर्जीवन बीमा कम्पनीले यो अवधिमा २४ लाख १२ हजार बीमा लेख जारी गरेका छन्। यो संख्या पोहोरको तुलनामा १८.९७ प्रतिशत कम हो। सबै निर्जीवन बीमा कम्पनीको प्रिमियम घटेको छ। प्रिमियम संकलन सबैभन्दा धेरै युनाइटेड अजोड इन्स्योरेन्सको घटेको छ।

निर्जीवन बीमा कम्पनीको प्रिमियमको तुलनात्मक अवस्था

कम्पनी२०८१/८२ को नौ महिनाको प्रिमियम (रु लाखमा)२०८०/८१ को नौ महिनाको प्रिमियम (रु लाखमा)फरक %
नेपाल इन्स्योरेन्स१५५८८.५११५९०३.५६-१.९८
दि ओरियन्टल इन्स्योरेन्स२१५४६.००२१६१४.६०-०.३२
राष्ट्रिय बीमा कम्पनी११३२६.३०१५९४०.६७-२८.९५
नेसनल इन्स्योरेन्स कम्पनी८७९५.३९११९८७.३६-२६.६३
नेको२४७१८.३४३१४१०.८३-२१.३१
प्रभु१३०९४.८११७७७९.४८-२६.३५
शिखर४३४५८.८१५४७०२.५०-२०.५५
एनएलजी२१३४५.२१२५५२७.९०-१६.३८
हिमालयन एभरेष्ट२७८५५.६७३७२२९.१३-२५.१८
सानिमा जिआईसी१९२१९.५०२६१८५.१३-२६.६
सिद्धार्थ प्रिमियर३१०५८.११४१७७१.७२-२५.६५
सगरमाथा लुम्बिनी३७३९४.१७४७८८१.६७-२१.९
आइजिआई प्रुडेन्सियल२७३४९.७८३६५०६.४९-२५.०८
युनाइटेड अजोड१८५४९.१५२७२७२.६६-३१.९९
स्रोत : नेपाल बीमा प्राधिकरण