डिजिटल अर्थतन्त्र सरकारको नीति, कानुन बनाएर डिजिटल बैंक स्थापना गर्ने घोषणा

बिजमाण्डू
२०८२ बैशाख १९ गते १७:३५ | May 2, 2025
डिजिटल अर्थतन्त्र सरकारको नीति, कानुन बनाएर डिजिटल बैंक स्थापना गर्ने घोषणा
केपी शर्मा ओली

काठमाडौं। सरकारले बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ।

Tata
GBIME

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको हो।

‘बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको घोषणा गरेको थियो।

डिजिटल अर्थतन्त्र विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धिलाई सरकारले आफ्नो नीतिका रुपमा लिएको छ। ‘नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ,’ सरकारले भनेको छ।