
काठमाडौं। लक्ष्मी ग्रुप नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता नियुक्त भएको छ।
एसएमएल इसुजु ब्राण्डप्रति आफूले देखाएको समर्पण, प्रतिबद्धता र मेहनतलाई मध्यनजर गर्दै आधिकारिक वितरकको जिम्मेवारी पाएको लक्ष्मी ग्रुपले बताएको छ।
नेपाली बजारमा एसएमएल इसुजुका ट्रक, टिप्पर, स्कुल बस बिक्री गरिंदै आएको छ। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले सात वर्षदेखि एसएमएल इसुजुका सवारी साधन बिक्री गर्दै आएको छ।
एसएमएल इसुजुले लक्ष्मी ग्रुपले आक्रामकरुपमा व्यापार गर्ने विश्वास लिएको छ। देशका सातै प्रदेशमा कम्पनीको सेल्स तथा सर्भिस सञ्जाल छ।
कम्पनीका सेल्स हेड सञ्जय खड्काले आगामी दिनमा सञ्जाल अझै विस्तार गर्ने बताए। उनले ग्राहकको सहजताका लागि देशैभर स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।