रोयल इन्फिल्डको नयाँ ‘क्लासिक ३५०’ पाँच भेरियन्टमा उपलब्ध, सुरूवाती मूल्य साढे ५ लाख

बिजमाण्डू
२०८२ बैशाख ८ गते ११:४९ | Apr 21, 2025
रोयल इन्फिल्डको नयाँ ‘क्लासिक ३५०’ पाँच भेरियन्टमा उपलब्ध, सुरूवाती मूल्य साढे ५ लाख


काठमाडौं। नेपालमा रोयल इन्फिल्ड क्लासिकका सबै भेरियन्टमा एबीएस उपलब्ध हुने भएको छ।

Tata
GBIME
NLIC

नयाँ क्लासिक ३५० को सुरूवाती भेरियन्ट ५ लाख ५५ हजार रुपैयाँमा उपलब्ध छ। कम्पनीले सुरूवाती भेरियन्टमै डुअल च्यानल एबीएससहित प्रिमियम एलईडी हेडल्याम्प, एलईडी पाइलट ल्याम्प पनि उपलब्ध गराउने जनाएको छ।

यस्तै, यसमा टाइप सी यूएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ। आधुनिक सुविधासहित रोयल इन्फिल्ड उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

मध्यम आकारको (२५० सीसी-७५० सीसी) क्षमताका नयाँ क्लासिक ३५० मा पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधार गरिएको कम्पनीको दाबी छ। रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल नेपालभरका ग्राहकको पहुँचमा पुर्‍याइने कम्पनीले जनाएको छ।

नयाँ क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध छ। ५ भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन्। प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन छन्।

यसको हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ। यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाट प्रेरित छ। मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङ्ले यसलाई भिन्टेज स्वरूप दिएको छ।

त्यस्तै, हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ। यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ।

यसैगरी, कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ। यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको छ।

डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ। क्लासिक क्रोम भने निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ।

नेपालमा हेरिटेज (मदरास रेड, जोधपूर ब्लू)को मूल्य ५ लाख ५५ हजार रुपैयाँ छ भने हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज) र सिग्नल्स (कमाण्डो सेण्ड)लाई ५ हजार ६६ हजार रुपैयाँ पर्छ। त्यस्तै, डार्क (गन ग्रे स्टेल्थ ब्ल्याक)को ५ लाख ७३ हजार र क्रोम (इमराल्ड)को ५ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य छ।

कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भने, ‘नेपाली बजार हाम्रा लागि सधैँ विशेष रहँदै आएको छ। नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरङले यसलाई अझै सुन्दर बनाएको छ।’

कम्पनीका अनुसार नेपालमा बढ्दो प्रिमियम मोटरसाइकलको मागलाई पूरा गर्न इनफिल्डको वृहत रणनीतिका निम्ति यो सुरूवात महत्त्वपूर्ण कोसेढुंगा हो। नयाँ क्लासिक ३५० ले एबीएस मात्रै नभई विश्वव्यापी रूपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिनेछ।

रोयल इनफिल्डका थप प्रिमियम मोडलमा बियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन्। यस्तै, सटगन ६५०, द न्यू हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन्।