
स्याङ्जा। प्रहरीले गल्याङ नगरपालिका-१ राम्दीबाट ७ तोलाभन्दा बढी सुनसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वालिङ नगरपालिका-६ बस्ने ३६ वर्षीय प्रदीप अर्याल रहेका छन्। अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ सुनसहित नियन्त्रणमा लिएको हो।
बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८८०९ नम्बरको इभी भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त सुन फेला पारेको थियो।
प्रहरीले यसमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।