उद्योगी दिवाकर गोल्छाको भारतमा उपचारको क्रममा निधन, विहिबार काठमाडौंमा अन्त्येष्टी गरिने

बिजमाण्डू
२०७५ चैत्र २७ गते ०८:१९ | Apr 10, 2019


काठमाडौं। उद्योगी दिवाकर गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको छ। किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ।

Tata
GBIME

६७ वर्षका उनका दुई छोरा छन्। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए। उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए। हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले औद्योगिक क्षेत्रका लागि गोल्छाको निधनले अपुरणीय क्षति भएको बताए।‘औद्योगिकरणका लागि गोल्छाको योगदान अतुलनीय थियो। उहाँको निधनले औद्योगिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ’ उनले बिजमाण्डूसँग भने। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शव विहिबारसम्म काठमाडौं ल्याएर पशुपतिमा अन्त्येष्टी गरिनेछ।