मेरो माइक्रो फाइनान्सको ११ लाख ९१ हजार कित्ता संस्थागत सेयर पब्लिकमा परिणत

बिजमाण्डू
२०८१ चैत्र २६ गते १७:५४ | Apr 8, 2025
मेरो माइक्रो फाइनान्सको ११ लाख ९१ हजार कित्ता संस्थागत सेयर पब्लिकमा परिणत

काठमाडौं। मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत सेयर संरचना परिवर्तन भएको छ। नेप्सेले मंगलबार फाइनान्सको ११ लाख ९१ हजार ९६० कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा कन्भर्जन गरेको छ।

Tata
GBIME

संस्थापक सेयर पब्लिकमा कन्भर्जन भएपछि संस्थापक समूहतर्फ ७२ लाख ३६ हजार ९०० कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहतर्फ ६९ लाख ५३ हजार १०० कित्ता (४९ प्रतिशत) सेयरको अनुपात कायम भएको हो।

नुवाकोटको विदुर-४ मा मुख्य कार्यालय रहेको कम्पनीले सेयर संरचना परिवर्तनको पत्र पठाएपछि नेप्सेले सोहीअनुसार अभिलेख राखेको जनाएको छ।