सिभिल बैंक, सिभिल फाइनान्स र एक्सिस विकास बैंक गाभ्ने सहमति, मर्जपछि चुक्ता पुँजी तीन अर्ब



बिजमाण्डू
२०७० असोज २३ गते ००:०० | Oct 9, 2013
सिभिल बैंक, सिभिल फाइनान्स र एक्सिस विकास बैंक गाभ्ने सहमति, मर्जपछि चुक्ता पुँजी तीन अर्ब
काठमाडौं । सिभिल बैंकमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय सस्था गाभिने भएका छन् । यी तीन वटा सस्था एक आपसमा गाभिन सोमबार राति संझौता भएको छ । सिभिल बैंक र सिभिल मर्चेन्ट वित्तीय सस्थाको प्रमुख सेयर धनी एउटै समूहका हुन् । एक्सिस डेभलपमेन्ट बैंक छुट्टै स्वामित्वको हो ।

सिभिल बैंक लिमिटेडका अध्यक्ष ई। इच्छाराज तामाङ्ग, एक्सिस डेभलपमेन्ट बैंकका अध्यक्ष बिदुर धमला तथा सिभिल मर्चेन्ट वित्तीय संस्था लिमिटेडका सञ्चालक अरुणराज श्रेष्ठ मर्जर सम्झौतामा हस्ताक्षर गरेपछि

Tata
GBIME
Nepal Life

एक्सिस र सिभिल वित्तीय सस्थाको सेयर स्वाप रेसियोका विषयमा आन्तरिक सहमति भएपछि मर्जको लागि त्रिपक्षीय संझौता भएको हो । सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग, एक्सिस डेभलपमेन्ट बैंकका अध्यक्ष बिदुर धमला तथा सिभिल मर्चेन्ट वित्तीय संस्थाका सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेको बैंकले मंगलवार जारी प्रेस विज्ञप्तिमा छ ।
यी दुबै सस्थाको सेयर प्रतिकित्ता ८० रुपैयाँ भन्दा कम मुल्य कामय गरेर गाभिने सहमति भएको बैंक सम्बद्ध स्रोतले जनाएको छ । ड्यु डेलिजेन्स अडिट( डिडिए) गरेपछि मात्रै यकिन स्वाप रेसियो निस्कने छ । कर्मचारी व्यवस्थापनका विषयमा भने सहमति भइसकेको छ । मर्जको क्रममा र भएपछि तीन वटै सस्थामा काम गर्ने कुनै पनि कर्मचारीलाई नहटाइने सहमति भएको छ । मर्ज पछि पनि बैंकको नाम सिभिल बैंक लिमिटेड नै रहने छ ।

तीन संस्थाको असार मसान्तसम्मको वित्तीय विवराण रु हजारमा
शिर्षक सिभिल बैंक सिभिल मर्चेन्ट एक्सिस डेभलपमेन्ट
चुक्ता पुँजी 2000000 166543 718171
निक्षेप 15633156 662580 1570475
कर्जा प्रवाह 12367368 542593 1677758
नाफा 121264 13296 20362
पुँजी कोष % 15.41 31.32 41.23
खराव कर्जा % 0.5 6.09 3.77
एक्सिस डेभलपमेन्ट बैंकको उच्च पदमा रहेका कर्मचारीमा पनि बाणिज्य बैंकको अनुभव कम भएकोले पद मिलान गर्ने विषयमा सहमति गर्न समय लागेको सिभिल बैंकका एक अधिकारीले बताए । दुबै पक्षले वित्तीय समीक्षा सम्पन्न गरिसकेका छन्  भने सञ्चालक समितिमा हुने प्रतिनिधित्वको विषयमा सहमति भइसकेको जानकारी दिइएको छ । पशुपति र उद्यम विकास बैंक गाभिएर गत वर्ष एक्सिस डेभलपमेन्ट बैंक बनेको हो ।


पुजीबृद्धि र सञ्जाल विस्तारका लागि मर्ज आवश्यक ठानिएकोले यी तीन सस्थाबीच मर्जको प्रक्रिया सरु भएको बैंक व्यवस्थापनका उच्च अधिकारीले जनाएका छन् । मर्ज हुने विषयमा सिभिल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङ, एक्सिस डेभेलपमेन्ट बैंकका विदुर धमला र सिभिल मर्चेन्ट वित्तीय सस्थाका तर्फबाट सञ्चालक अरुण श्रेष्ठले संझैता पत्रमा हस्ताक्षर गरेका छन् । मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी दुई अर्ब ९० करोड रुपैयाँ पुग्छ । त्यस्तै शाखा संख्या पनि ३२ पुग्छ । सिभिलले गत वर्ष ८० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गरेर चुक्ता पुँजी दुई अर्ब पुर्याएको थियो ।
स्टक एक्सचेन्जमा एक्सिसको सेयर प्रतिकित्ता ८० रुपैयाँ र सिभिल बैंकको सेयर प्रतिकित्ता एक सय ३९ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । गत आर्थिक वर्षको प्रकाशित वित्तीय विवरण अनुसार सिभिलले १२ करोड १२ लाख र एक्सिसले दुई करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । हाल सिभिलको मुख्य कार्यालय र १९ वटा शाखा छन् । एक्सिसको मुख्य कार्यालय र १० वटा शाखा छन् । सिभिलका मुख्य कार्यालय सहित तीन वटा शाखा छन् ।