एक्सिस र सिभिल वित्तीय सस्थाको सेयर स्वाप रेसियोका विषयमा आन्तरिक सहमति भएपछि मर्जको लागि त्रिपक्षीय संझौता भएको हो । सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग, एक्सिस डेभलपमेन्ट बैंकका अध्यक्ष बिदुर धमला तथा सिभिल मर्चेन्ट वित्तीय संस्थाका सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेको बैंकले मंगलवार जारी प्रेस विज्ञप्तिमा छ ।
यी दुबै सस्थाको सेयर प्रतिकित्ता ८० रुपैयाँ भन्दा कम मुल्य कामय गरेर गाभिने सहमति भएको बैंक सम्बद्ध स्रोतले जनाएको छ । ड्यु डेलिजेन्स अडिट( डिडिए) गरेपछि मात्रै यकिन स्वाप रेसियो निस्कने छ । कर्मचारी व्यवस्थापनका विषयमा भने सहमति भइसकेको छ । मर्जको क्रममा र भएपछि तीन वटै सस्थामा काम गर्ने कुनै पनि कर्मचारीलाई नहटाइने सहमति भएको छ । मर्ज पछि पनि बैंकको नाम सिभिल बैंक लिमिटेड नै रहने छ ।
| तीन संस्थाको असार मसान्तसम्मको वित्तीय विवराण रु हजारमा | |||
| शिर्षक | सिभिल बैंक | सिभिल मर्चेन्ट | एक्सिस डेभलपमेन्ट |
| चुक्ता पुँजी | 2000000 | 166543 | 718171 |
| निक्षेप | 15633156 | 662580 | 1570475 |
| कर्जा प्रवाह | 12367368 | 542593 | 1677758 |
| नाफा | 121264 | 13296 | 20362 |
| पुँजी कोष % | 15.41 | 31.32 | 41.23 |
| खराव कर्जा % | 0.5 | 6.09 | 3.77 |
पुजीबृद्धि र सञ्जाल विस्तारका लागि मर्ज आवश्यक ठानिएकोले यी तीन सस्थाबीच मर्जको प्रक्रिया सरु भएको बैंक व्यवस्थापनका उच्च अधिकारीले जनाएका छन् । मर्ज हुने विषयमा सिभिल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङ, एक्सिस डेभेलपमेन्ट बैंकका विदुर धमला र सिभिल मर्चेन्ट वित्तीय सस्थाका तर्फबाट सञ्चालक अरुण श्रेष्ठले संझैता पत्रमा हस्ताक्षर गरेका छन् । मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी दुई अर्ब ९० करोड रुपैयाँ पुग्छ । त्यस्तै शाखा संख्या पनि ३२ पुग्छ । सिभिलले गत वर्ष ८० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गरेर चुक्ता पुँजी दुई अर्ब पुर्याएको थियो ।
स्टक एक्सचेन्जमा एक्सिसको सेयर प्रतिकित्ता ८० रुपैयाँ र सिभिल बैंकको सेयर प्रतिकित्ता एक सय ३९ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । गत आर्थिक वर्षको प्रकाशित वित्तीय विवरण अनुसार सिभिलले १२ करोड १२ लाख र एक्सिसले दुई करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । हाल सिभिलको मुख्य कार्यालय र १९ वटा शाखा छन् । एक्सिसको मुख्य कार्यालय र १० वटा शाखा छन् । सिभिलका मुख्य कार्यालय सहित तीन वटा शाखा छन् ।