नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता

बिजमाण्डू
२०८१ चैत्र २० गते १३:५१ | Apr 2, 2025
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।

Tata
GBIME

बुधबार भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन्।

सभापोखरी हाइड्रोले प्रति सेयर १०० रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँबराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ।