सुन तोलामा ६ सय र चाँदी १५ रुपैयाँ घट्यो, कारोबार मूल्य अन्तर्राष्ट्रिय बजारमै उच्च

बिजमाण्डू
२०८१ चैत्र २० गते ११:३७ | Apr 2, 2025
सुन तोलामा ६ सय र चाँदी १५ रुपैयाँ घट्यो, कारोबार मूल्य अन्तर्राष्ट्रिय बजारमै उच्च

काठमाडौं। लगातार बढ्दै तोलाको १ लाख ८० हजार नजिक पुगेको सुनको मूल्यमा बुधबार गिरावट छ। अघिल्लो दिनका तुलनामा सुनको कारोबार मूल्य तोलामा ६ सय र चाँदी १५ रुपैयाँ घटेको छ।

Tata
GBIME

सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमै लगातार बढेको कारोबार मूल्य अपेक्षाकृत रुपमा घट्न नसक्दा स्थानीय बजार प्रभावित छ। लगातार मूल्य उच्च हुँदा सुनको कारोबार घटेको व्यवसायीले बताएका छन्।

अघिल्लो दिनका तुलनामा १ हजार ८ सय रुपैयाँ बढ्दा मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य हालसम्मकै उच्च थियो। सोमबार १ लाख ७७ हजार ९ सय रुपैयाँ भएको थियो।

चाँदी प्रति तोला २ हजार २० रुपैयाँ भएको छ। सोमबार र मंगलबार तोलाको २ हजार ३५ रुपैयाँमा कारोबार मूल्य स्थिर थियो भने त्यसअघि आइतबार २ हजार २५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा ठूलो बढोत्तरी देखिएको छ। बुधबार सुन प्रति औंस ३११४.४९ डलरले कारोबार भइरहेको छ। ३० दिनमा सुनको मूल्यमा २०३.२८ डलर बढिसकेको छ। मंगलबार प्रतिऔंस ३१४३.८२ डलर पुगेको थियो। त्यसअघि सोमबार ३१०८.७२ डलरले कारोबार भएको थियो।

चाँदी प्रतिऔंस ३३.७८ डलरमा झरेको छ। गत सोमबार प्रतिऔंस ३४.८५ डलर पुगेको चाँदी मंगलबार घट्दै ३४.११ डलरले कारोबार भएको थियो।