निसान मोटर इन्डिया थप चार मोडलका गाडी उत्पादनमा, दुई इभी एसयूभी यही वर्ष बजारमा

बिजमाण्डू
२०८१ चैत्र १९ गते १७:४५ | Apr 1, 2025
निसान मोटर इन्डिया थप चार मोडलका गाडी उत्पादनमा, दुई इभी एसयूभी यही वर्ष बजारमा

काठमाडौं। निसान मोटर इन्डियाले आफ्नो प्रोडक्ट पोर्टफोलियोमा दुईवटा नयाँ इभी एसयूभी थप्ने भएको छ। कम्पनीले यही वर्षको अन्त्यसम्म सात सिटर बी-एमपीभीका साथै कम्प्याक्ट-एसयूभी ल्याउने भएको हो।

Tata
GBIME

जापानको योकोहामामा हालै सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतलाई लक्षित दुई नयाँ उत्पादन प्रदर्शन गरेको थियो।

कम्पनीले दुई नयाँ टिजर सार्वजनिक गरेको छ जसले नयाँ एसयूभीको ‘डेभलपमेन्ट र टाइमलाइन’लाई पुष्टि गरेको छ। कम्पनीले दुवै नयाँ गाडी चेन्नइस्थित ‘अलायन्स जेभी प्लान्ट’मा उत्पादन गर्ने तय भएको छ।

निसान मोटर इन्डिया भारतीय ग्राहकका लागि थप दुई नयाँ उत्पादन सार्वजनिक गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ।

कम्पनीले सस्तो मूल्यको इभी नयाँ निसान म्याग्नाइट र निसान एक्स-ट्रेलको लाइन-अपलाई थप बलियो बनाउन लागेको छ जसमा एउटा पाँच सिटर र अर्को सात सिटर छन्।

पाँच सिटर सी-एसयूभीको एक्सटेरियर डिजाइन नयाँ निसान पट्रोल गाडीबाट प्रेरित छ जुन भारतमा सबैभन्दा प्रतिस्पर्धात्मक र तीव्र गतिमा बढ्दै गरेको सेगमेन्ट हो। नयाँ निसान सात सिटर बी-एमपीभी सी आकारको बोल्ड ग्रिल डिजाइन र ‘मस्कुलर’ एसयूभीका रुपमा बजारमा ल्याउने तयारी छ।

कम्पनीले यी ४ उत्पादन भारत र अन्य देशमा वार्षिक १ लाख युनिट गाडी बिक्री गर्ने योजना बनाएको छ।