
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।