दुर्गा प्रसाईले हिंसात्मक गतिविधि गरेको गृहको निष्कर्ष, पक्राउ गर्ने तयारी

बिजमाण्डू
२०८१ चैत्र १५ गते १९:०२ | Mar 28, 2025
दुर्गा प्रसाईले हिंसात्मक गतिविधि गरेको गृहको निष्कर्ष, पक्राउ गर्ने तयारी


काठमाडौं । हिसात्मक गतिविधि गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ।

Tata
GBIME
NLIC

शुक्रबार उनी नेतृत्व अराजक समुहले एक जना मानिसको मृत्यु र निजी सम्पतिमा क्षति हुने गरि हिंसात्मक गतिविध गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

शुक्रबार भएको घटनालाई हिंसात्मक संज्ञा दिंदै प्रसाईं माथि कारबाही हुने गृह सहसचिव छवि रिजालले बताएका छन्।

प्रसाईं नेतृत्वको समूहले तीनकुनेमा रहेका केही निजी घर, सरकारी तथा निजी सवारी साधन माथि आक्रमण गरेका थिए। त्यति मात्र होइन प्रसाईंले सुरक्षाकर्मीलाई ‘मार्ने’ तरिकाले गाडी चलाएको निष्कर्ष समेत गृहले निकालेको छ।

‘ उहाँले नेतृत्व गरेको कार्यक्रम भएपछि उहाँले नै जिम्मेवारी लिने हो। क्षतिको जिम्मेवारी उहाँ नै हो कानुनी दायरमा ल्याउछौं,’ सहसचिव रिजालले भने।

प्रसाईंले गरेको प्रर्दशनमा ३ हजार मानिस उपस्थित भएको आंकलन गरिएको छ।