
काठमाडौं। नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्राधिकरणले निर्देशकमा बढुवा भएका कर्मचारीको पदस्थापना पनि गरेको छ।
निर्देशक कमलप्रसाद रेग्मीलाई कानून महाशाखा तथा पूजन ढुंगेल (अधिकारी)लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ ।
हालै निर्देशकमा बढुवा भएका शाम्बराज लामिछानेलाई नियमन, ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण, निर्मल अधिकारीलाई बीमालेख र कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्ने गरी पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ।