आर्थिक वृद्धि ५.१ प्रतिशत भएको सरकारी प्रक्षेपण, यातायात क्षेत्र बुम, कृषिको वृद्धिदर ३.२ प्रतिशत

बिजमाण्डू
२०८१ चैत्र १३ गते २०:०० | Mar 26, 2025
आर्थिक वृद्धि ५.१ प्रतिशत भएको सरकारी प्रक्षेपण, यातायात क्षेत्र बुम, कृषिको वृद्धिदर ३.२ प्रतिशत


काठमाडौं। सरकारले चालु वर्ष दोस्रो त्रैमासमा पोहोरको सोही अवधिको तुलनामा ५.१ प्रतिशत आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले ५.१ प्रतिशत आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमानसहित बुधबार तथ्यांक सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

यातायात र निर्माण क्षेत्र, कृषि उत्पादन र विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धिलाई आर्थिक वृद्धिको मुख्य कारण मानिएको छ। दोस्रो त्रैमासमा १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक वृद्धिदर रहेको कार्यालयको अनुमान छ।

खासगरी शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकोले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको कार्यालयले बताएको छ।

यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै १४.२% छ। यस्तै खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर ९.५ र विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर ९.२ प्रतिशत छ।

त्यसैगरी, निर्माण सामग्रीहरुको आयात तथा घरेलु उत्पादनको वृद्धिका कारण निर्माण क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत भएको प्रारम्भिक अनुमान छ।

उत्पादनमूलक उद्योगको वृद्धिदर ७.४, वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ६.६, व्यापार क्षेत्रको ६.१ र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ४.९ प्रतिशत भएको छ। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्‍याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने कार्यालयको प्रक्षेपण छ।