
काठमाडौं। हुन्डाईको क्रेटा गाडी नेपालमै तयार हुन थालेको छ। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नवलपरासी पश्चिमको रामग्रामस्थित प्लान्टबाट एसेम्बल गरी बजारमा ल्याएको छ।
कम्पनीले मेड इन नेपाल क्रेटा गाडी सोमबारदेखि बिक्रीमा राखेको छ। पेट्रोल भर्सन क्रेटाको मूल्य आयात गरिएको गाडीभन्दा ९ लाख रुपैयाँ सस्तो रहेको कम्पनीले जनाएको छ।
कम्पनीले यसअघि भेन्यु गाडी नेपालमा एसेम्बल गरेको थियो। योगाडी पनि आयातितभन्दा साढे ४ लाख सस्तो छ।
पेट्रोल भर्सनको क्रेटा गाडीको मूल्य भेरियन्ट अनुसार
क्रेटा पेट्रोल भर्सन | पहिलेको मूल्य | अहिलेको मूल्य | फरक |
क्रेटा ई पेट्रोल एमटी | ५७ लाख ९६ हजार | ५३ लाख ९६ हजार | ४ लाख |
एस ओ एमटी | ६९ लाख ९६ हजार | ६३ लाख ९६ हजार | ६ लाख |
एसएक्स एमटी | ७३ लाख ९६ हजार | ६६ लाख ९६ हजार | ७ लाख |
एस ओ सीभीटी | ७५ लाख ९६ हजार | ६७ लाख ९६ हजार | ८ लाख |
एसएक्स ओ सीभीटी | ८७ लाख ९६ हजार | ७८ लाख ९६ हजार | ९ लाख |