ड्राइफ्रुट्सको भाउ किलोमा ४०० रुपैयाँसम्म सस्तियो, काजु र बदामको मूल्य कति ?

बिजमाण्डू
२०८१ चैत्र ७ गते १८:५० | Mar 20, 2025
ड्राइफ्रुट्सको भाउ किलोमा ४०० रुपैयाँसम्म सस्तियो, काजु र बदामको मूल्य कति ?

काठमाडौं। ड्राइफ्रुट्सको भाउ सस्तो हुन थालेको छ। काजु, बदाम, ओखर लगायत ड्राइफ्रुट्सको भाउ केजीमा ४००  रुपैयाँसम्म सस्तिएको व्यापारीहरुले बताएका छन्।

Tata
GBIME

व्यापारीहरुका अनुसार गत तिहारमा प्रति केजी २२०० रुपैयाँ पुगेको काजुको खुद्रा मूल्य घटेर अहिले १८०० रुपैयाँमा झरेको छ। कात्यायनी सप्लायर्सका सञ्चालक इसव पराजुलीले केही समयता ड्राइफ्रुट्सको भाउ घट्न थालेको बताए।

ओखर प्रति केजी ५०० र बदाम १६०० रुपैयाँमा बिक्री भइरहेको छ। तिहारका बेला बदामको भाउ १८०० देखि २००० र ओखरको मूल्य ६०० रुपैयाँ पुगेको थियो।

बानेश्वरमा रहेको सुनादेवी किराना स्टोरका सञ्चालक समर कठायतले काजु, बदाम, ओखर, किसमिस लगायत सबैजसो ड्राइफ्रुट्सको भाउ सस्तो भएको बताए।

उनका अनुसार जम्बो सुकुमेलको मूल्य प्रति केजी ६ हजार, ल्वाङ १८०० देखि २०००, मरिच १८०० र किसमिस ५०० रुपैयाँ छ।

बजारमा हाल फर्सीको बियाँ, आलस र खजुरको माग बढ्न थालेको छ। फर्सीको बियाँको मूल्य प्रति केजी १०००, आलस २५० देखि ३०० र खजुर गुणस्तर अनुसार ५०० ग्रामको २०० देखि ४५० रुपैयाँ छ।