आज सुनको मूल्य स्थिर : तोलाको एक लाख ७४ हजार १०० रुपैयाँ, चाँदीको कति?

बिजमाण्डू
२०८१ चैत्र ४ गते ११:५८ | Mar 17, 2025
आज सुनको मूल्य स्थिर : तोलाको एक लाख ७४ हजार १०० रुपैयाँ, चाँदीको कति?

काठमाडौं। साताको पहिलो दिन तोलामा ४०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार स्थिर रहेको छ। सोमबारको कारोबार मूल्य प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ छ।

Tata
GBIME

चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रति‍ तोला २ हजार ४० रुपैयाँ निर्धारण भएको छ।

आइतबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रति तोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २९८३.८४ डलर छ। चाँदी प्रतिऔंस ३३.७ डलरमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतिऔंस २९८६.६५ डलर थियो भने चाँदी प्रतिऔंस ३३.७६ डलर थियो।