
काठमाडौं। हुवावे डिजिटल पावर नेपालले नेपाल उद्योग परिसंघ (सीएनआई)सँगको सहकार्यमा दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ।
हुवावे प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको हो।
कार्यक्रमले नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्न, देशलाई ग्रीनर र दिगो भविष्यतर्फ डोऱ्याउन सौर्य फोटोभोल्टिक प्रणाली र ऊर्जा स्टोरेज समाधानहरूको सम्भावना अन्वेषण गर्न विशेष प्लेटफर्म प्रदान गरेको हुवावेले जनाएको छ ।
कार्यक्रममा हुवावे नेपालका सीइओ जिम हुआङ, ऊर्जा विकास परिषदका अध्यक्ष आशिष गर्ग, हुवावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, एनएमबि बैंकमा दिगो ऊर्जा बैंकिङका प्रमुख दिनेश दुलाल, विद्युत नियमन आयोगका सदस्य डा. मधुसूदन अधिकारी, टोङवेईका प्राविधिक विज्ञ ग्यारी, शिव शक्ति समूह, डिजेपीएल समूह र चौधरी समूह जस्ता अग्रणी औद्योगिक घरानाका व्यवसायी सहभागी थिए।
कार्यक्रममा सौर्य पीभी र ऊर्जा भण्डारणको नवीनतम प्रवृत्तिदेखि नेपालमा यी प्रविधिहरूको व्यावहारितका विषयमा छलफल भएको थियो। उद्योगहरूलाई कसरी डिकार्बोनाइज गर्ने, ऊर्जा लागत घटाउन र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान भएको हुवावेले जनाएको छ।
कार्यक्रममा हुवावेले आफ्नो नवीनतम आविष्कार, हुवावे फ्युजन सोलार सी एन्ड आई ओएसिस सोलुसन, जसमा १ सी/१५० के र २१५/१०८ केडब्लुएच सी एण्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टम अनावरण गरेको छ।
यसले नेपालका उद्योगहरूलाई ऊर्जा लागत घटाउन र बिजुली आपूर्तिको विश्वसनीयतामा सुधार गर्न मद्दत गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ।
यसका अतिरिक्त फ्युजनसोलार सी एन्ड आई ओएसिस स्मार्ट पीभी र ईएसएस सोलुसन प्रस्तुत गरिएको थियो। जसले सपिङ मल, कारखाना र कार्यालय जस्ता व्यावसायिक र औद्योगिक एप्लिकेसनहरूको लागि थप सुरक्षा सुविधा प्रदान गर्छ।