हिमालयन बैंकका ग्राहकले एपबाटै सिधै इसेवामा रकम लोड गर्न सक्ने, खातामा ट्रान्सफरको पनि सुविधा

बिजमाण्डू
२०८१ फागुन २५ गते ०९:४७ | Mar 9, 2025
हिमालयन बैंकका ग्राहकले एपबाटै सिधै इसेवामा रकम लोड गर्न सक्ने, खातामा ट्रान्सफरको पनि सुविधा


काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंक बीच विद्युतीय कारोबारबारे साझेदारी भएको छ।

Tata
GBIME
NLIC

यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने जनाइएको छ।

दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले दुवै संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यस साझेदारी पश्चात अब हिमालयन बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरि सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन्र। यस्तै, इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन्।

इसेवामा हालसम्म ४९ वटा साझेदार बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन्। इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई बिना झन्झट आफ्नो बैंक खाता र इसेवा वालेट बीच रकम ट्रान्सफर कार्य गर्न सहज बनाउने बताए।