‘प्रथम प्रभाकर राणा मेमोरियल लेक्चर’ कार्यक्रममा डा. कृष्णमूर्ति सुब्रमण्यमको प्रवचन

बिजमाण्डू
२०८१ फागुन २५ गते ०६:०३ | Mar 9, 2025
‘प्रथम प्रभाकर राणा मेमोरियल लेक्चर’ कार्यक्रममा डा. कृष्णमूर्ति सुब्रमण्यमको प्रवचन

काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघले संस्थाको संस्थापक अध्यक्ष स्व. प्रभाकर एसजेबी राणाको सम्झनामा कार्यक्रमको आयोजना गर्ने भएको छ।

Tata
GBIME

राणाले नेपालको औद्योगिक, व्यापारिक तथा नेपाली नीजी क्षेत्र लगायत समग्र नेपाली अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘प्रथम प्रभाकर राणा मेमोरियल लेक्चर’ कार्यक्रमको आयोजना गर्न लागिएको हो।

कार्यक्रममा इन्टरनेशनल मनिटरी फण्ड (आईएमए)का कार्यकारी निर्देशक एवं भारत सरकारका पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमूर्ति भेन्कटा सुब्रमण्यमले परिवर्तित विश्व अर्थतन्त्रको वर्तमान परिवेश, दक्षिण एसियामा नेपाल–भारत आर्थिक सम्बन्ध तथा यसको महत्व र आगामी दिशा निर्देशका बारेमा विचार राख्नेछन्।

सो कार्यक्रममा नेपाल र भारतबाट विभिन्न निकायका पदाधिकारीको उपस्थिति रहनेछ। कार्यक्रम फागुन २५ गते याक एन्ड यतिमा हुँदैछ।