सुनचाँदी पुरानै भाउमा, दुवैको मूल्य लगातार दोस्रो दिन स्थिर, प्रति तोला मूल्य यस्तो छ

बिजमाण्डू
२०८१ फागुन १९ गते ११:४९ | Mar 3, 2025
सुनचाँदी पुरानै भाउमा, दुवैको मूल्य लगातार दोस्रो दिन स्थिर, प्रति तोला मूल्य यस्तो छ


काठमाडौं। सुनचाँदीको मूल्य स्थिर देखिएको छ। फागुन १६ गते प्रति तोला २२०० रुपैयाँ घटेर १ लाख ६८ हजार १०० रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य त्यसयता स्थिर भएको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार जस्तै सोमबार पनि मूल्यमा कुनै घटबढ नभएको जनाएको छ।

चाँदीको मूल्य पनि शुक्रबार प्रति तोला ३० रुपैयाँ घटेकामा त्यसयता स्थिर छ। चाँदी शुक्रबारदेखि प्रति तोला १९१५ रुपैयाँका दरले किनबेच भइरहेको छ।