पशुपति आइपुगे नागा बाबा र साधु, महाकुम्भका कारण पहिलाभन्दा कम उपस्थिति

प्रवीण रानाभाट
२०८१ फागुन १२ गते ११:५४ | Feb 24, 2025
पशुपति आइपुगे नागा बाबा र साधु, महाकुम्भका कारण पहिलाभन्दा कम उपस्थिति

काठमाडौं । बुधबार महाशिवरात्री। सो दिन काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा धेरै संख्यामा भक्तजनहरु पुग्ने गर्छन्।

Tata
GBIME

शिवरात्रीलाई मध्यनजर गर्दै अहिले पाशुपत क्षेत्रको सरसफाइ गरिँदैछ। पशुपतिलाई झिलिमिली बनाउन बत्ति राखिँदैछ। फूलले पशुपति परिसरलाई सजाइँदैछ।  

यसैबिच पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु पुगिरहेका छन्। शिवरात्रीकै लागि भनेर धेरैजसो बाबाहरु भारतबाट पशुपति आएका हुन्।

पशुपतिमा अहिले शरीरमा खरानी दलेर बसेका नागाहरु हेर्नेहरु भिड लागेको छ। नागाहरु मोक्षको खोजीमा हरेक वर्ष शिवरात्रीका दिन पशुपति पुग्ने कथन छ।

पशुपति विकास कोषले नागा बाबाहरुको खाना र बसोवासको व्यवस्था गरेको छ। नागाहरुसँगै हजारौंको संख्यामा साधु सन्तहरु पशुपति पुग्ने क्रम जारी छ।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा महाकुम्भ जारी रहेकाले यसपटक नागा बाबा र साधुसन्तको संख्या पहिलाको भन्दा भने कम देखिएको छ।