डिपलको नयाँ शोरुम पोखराको चाउथेमा, शनिबारदेखि टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प

बिजमाण्डू
२०८१ फागुन ९ गते १९:३९ | Feb 21, 2025
डिपलको नयाँ शोरुम पोखराको चाउथेमा, शनिबारदेखि  टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प

काठमाडौं। नेपालका लागि चांगन तथा डिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले पोखराको चाउथेमा शोरुम खोलेको छ।

Tata
GBIME

एमएडब्लू वृद्धिले हिमालय अर्गनाइजेसनसँग मिलेर पोखरामा शोरुम संचालनमा ल्याएको हो।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लू ग्रुपका कन्सल्टेन्ट सन्दिप चटर्जीले शुक्रबार शोरुम उद्घाटन गरे। शोरुम उद्घाटनका अवसरमा डिपल ई ०७ को पनि रिजनल लन्च गरिएको थियो।

कम्पनीले नयाँ सोरुमबाट शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प गर्ने भएको छ। यो अवधिमा गण्डकी क्षेत्रका इभीप्रेमीले डिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी डिपल ई ०७, डिपल एस ०७ र डिपल एल ०७ को टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले ७ किलोवाटको चार्जर र एसेसरिज नि:शुल्कका साथै आकर्षक क्यास डिस्काउन्ट, पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डिपल इभी नेपाली बजारमा ७०० भन्दा बढी बिक्री भइसकेको छ।