महाशिवरात्रीमा चन्द्रागिरीमा भक्तिमय उत्सव, साँझ केबलकार टिकटमा ५० प्रतिशत छुट

बिजमाण्डू
२०८१ फागुन ९ गते ११:५६ | Feb 21, 2025
महाशिवरात्रीमा चन्द्रागिरीमा भक्तिमय उत्सव, साँझ केबलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । फागुन १४ गते महाशिवरात्रीको अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ।

Tata
GBIME

महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा  विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ। साथै साँझ ५ बजेपछि विशेष  महाआरती  हुनेछ।

चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ।