सामसङ एस२५ को प्रि-अर्डरमा नयाँ रेकर्ड, ग्यालेक्सी एस२४ सिरिजको तुलनामा ६० प्रतिशत बढी

बिजमाण्डू
२०८१ फागुन २ गते १९:०३ | Feb 14, 2025
सामसङ एस२५ को प्रि-अर्डरमा नयाँ रेकर्ड, ग्यालेक्सी एस२४ सिरिजको तुलनामा ६० प्रतिशत बढी


काठमाडौं। सामसङ नेपालले ग्यालेक्सी एस२५ सिरिजको प्रि-अर्डरमा नयाँ रेकर्ड कायम गरेको छ। ग्यालेक्सी एस२४ सिरिजको तुलनामा एस२५ को प्रि-अर्डर ६०% बढी भएको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

‘नयाँ एस सिरिज ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ को अपार लोकप्रियताका लागि अत्यन्त खुसी छौं। हामीलाई विश्वास छ कि ग्यालेक्सी एस२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक जीवनलाई अझ सहज बनाउने एआई समाधानहरू अपनाउन प्रेरित गर्नेछ,’ सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने।

ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीका लागि बनेको स्न्यापड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस२५ सिरिजका शुक्रबारदेखि सामसङको देशभर रहेका आधिकारिक स्टोरहरूमा उपलब्ध भइसकेको छ। ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङमा उपलब्ध छन्। ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ नेभी, सिल्भर स्याडो र आइसिब्लु रङमा उपलब्ध हुनेछन्। 

अतिरिक्तरूपमा सामसङ इन्स्टा फाइनान्स सेवामार्फत किस्ताबन्दीमा फोन किन्न पाइन्छ।