
काठमाडौं। सुनको भाउ सोमबार १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनका तुलना १ सय रुपैयाँ बढ्दा साताको पहिलो दिन सुनको मुल्य १ लाख ६८ हजार २०० रुपैयाँ पुगेको थियो। शुक्रबार सुनको मुल्य १ लाख ६८ हजार १०० रुपैयाँ थियो।
सोमबार चाँदीको भाउ पनि बढेको छ। १५ रुपैयाँले बढेर सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ घट्दै आइतबार चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएको थियो। शुक्रबार चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँ कायम थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार प्रति औंस २ हजार ८७७.९८ डलर कायम छ। त्यस्तै चाँदीको भाउ प्रति औंस ३२.०१ डलर कायम छ।