
काठमाडौं। पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रविचन्द्र गुरुङ पदमुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले गुरुङलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
गुरुङ पदमुक्त भएसँगै कम्पनीले राजुमोहन भट्टराईलाई कायममुकायम सीइओको जिम्मेवारी दिएको छ। भट्टराई नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।