आयनको अर्को मिडसाइज एसयुभी ईएस पनि नेपाली बजारमा आउँदै, मूल्य ५१.५० लाख

बिजमाण्डू
२०८१ माघ १५ गते ११:५७ | Jan 28, 2025
आयनको अर्को मिडसाइज एसयुभी ईएस पनि नेपाली बजारमा आउँदै, मूल्य ५१.५० लाख


काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी जीएसीको आयन ईएस मिडसाइज एसयुभी नेपाली बजारमा आउने भएको छ। जीएसी आयन ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले उक्त गाडी ल्याउन लागेको हो।

Tata
GBIME
NLIC

सीजीले यसअघि नेपाली बजारमा जीएसीका आयन वाइ र आयन भी गाडी बिक्री गर्दै आएको छ। उक्त कम्पनीको नेपाली बजारमा आउने आयन ईएस तेस्रो मोडल हो।

सीजी मोटर्सले उक्त गाडी नेपाल भित्र्याउन भन्सार प्रयोजनका लागि मंगलबार आवश्यक अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको हो। कम्पनीले आयन ईएसको मूल्य ५१ लाख ५० हजार रुपैयाँ तोकेको छ।

आयन ईएस मिडसाइज एसयुभीमा १०० किलोवाट क्षमताको मोटर पावर प्रदान गरिएको छ। साथै यसले २२५ एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा ५५.२ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ।

यसमा भएको ब्याट्रीले फुल चार्जमा ४४२ किलोमिटर रेन्ज प्रदान गर्छ। यो मिडसाइज एसयुभी ४.८ मिटर लामो छ। यसमा १७ इन्चको अल्मुनियम एलोय ह्वील भएको टायर दिइएको छ।

यसमा क्रुज कन्ट्रोल, किलेस इन्ट्री, ४ वटा युएसबी पोर्ट, चाइल्ड सेफ्टी, हिल-स्टार्ट होल्ड कन्ट्रोल जस्ता फिचरहरु पनि यसमा छन्।