स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपित पूर्वडीआइजी जोशी पनि धरौटीमा छुट्दै

बिजमाण्डू
२०८१ माघ ७ गते १६:१४ | Jan 20, 2025
स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपित पूर्वडीआइजी जोशी पनि धरौटीमा छुट्दै


काठमाडौं। स्‍वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा छुट्ने भएका छन्। उनलाई छाड्न अदालतको आदेश भएको छ।

Tata
GBIME
NLIC

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। ५० लाख रुपैयाँ धरौटी बुझाएर पूर्वडीआइजी जोशी रिहा हुने तयारीमा छन्। अदालतमा उपस्थित भएका उनको आइतबार बयानपछि बहस भएको थियो। आइतबार थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा राखिएको थियो।

सोही सहकारी ठगी प्रकरणमा आरोपित रास्वपा सभापति रवि लामिछानेसहित अन्य दुई जनालाई पनि धरौटीमा छाड्न अदालतको आदेश भएको थियो। लामिछाने ६० लाख रुपैयाँ बुझाएर छुटेका थिए। यसअघि कास्की जिल्ला अदालतमा पनि रवि र छवि धरौटी रकम बुझाएर रिहा भएका हुन्।

लामिछाने र जोशीविरुद्ध सहकारी ठगीमा नै रुपन्देहीमा पनि मुद्दा दायर भइसकेको छ।