नेपाल ल्याइने महिन्द्राका तीन कार भारत मोबिलिटी एक्स्पोमा, यस्ता छन् गाडीका विशेषता

बिजमाण्डू
२०८१ माघ ६ गते ११:२० | Jan 19, 2025
नेपाल ल्याइने महिन्द्राका तीन कार भारत मोबिलिटी एक्स्पोमा, यस्ता छन् गाडीका विशेषता


काठमाडौं। नेपाली बजारमा ल्याउने भनिएका तीन वटा कार महिन्द्राले भारत मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखेको छ। महिन्द्राले बीई ६, एक्सईभी ९ र थार रक्स शोकेस गरेको हो। यी गाडी हेर्न एक्स्पोमा भीड लागेको थियो।

Tata
GBIME
NLIC

यी गाडीहरु नेपाली बजारमा चाँडै ल्याउने भनिएको छ। थार रक्स अफ-रोडका लागि राम्रो हुने ठानिएको छ। शक्तिशाली इन्जिन रहेको गाडीको डिजाइन आकर्षक छ।

हेडल्याम्प, ग्रिल र बम्परले गाडीलाई बोल्ड लुक दिएको छ। यसको इन्टेरियरमा पनि धेरै परिवर्तन गरिएको छ।

महिन्द्रा बीई६ एक इलेक्ट्रिक एसयूभी हो जसको भारतीय बजारमा धेरै चर्चा छ। आकर्षक डिजाइन र आधुनिक सुविधाले यसको धेरै चर्चा भएको हो।

एरोडायनामिक बडी र एलईडी हेडल्याम्पले गाडीलाई आधुनिक लुक दिएको छ। भित्री भाग पनि प्रिमियम देखिन्छ। ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर यसका विशेषता हुन्।

महिन्द्रा बीई६मा दुईवटा ब्याट्री प्याक विकल्प छन्। ५९ किलोवाट आवर र ७९ किलोवाट आवरका ब्याट्रीले एकपटक चार्ज गर्दा क्रमशः ५३५ किमी र ६८२ किमीको रेन्ज प्रदान गर्छ। कारमा शक्तिशाली इलेक्ट्रिक मोटर छ जसले उत्कृष्ट एक्सेलेरेसन दिन्छ।

महिन्द्रा एक्सईभी ९ईको डिजाइन निकै बोल्ड र आकर्षक छ। एरोडायनामिक बडी र एलईडी हेडल्याम्पले यो गाडीलाई स्पोर्टी लुक दिएको छ। भित्री भाग प्रिमियम देखिन्छ। यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ।

५९ किलोवाट आवर र ७९ किलोवाट आवरका दुईवटा ब्याट्री प्याकले एकपटक चार्ज गर्दा क्रमशः ५३५ किमी र ६८२ किमीको रेन्ज प्रदान गर्छ।